Logo

समाचार

राष्ट्रपतिको सवारीमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीको लाठी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै सुरक्षाकर्मीले लाठी प्रहार गर्दा राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जनीथ सिंह घाइते भएका छन् । शुक्रबार राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा। सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

डा. सिँहले आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको मरासिनीले जानकारी दिए ।
स्वास्थ्यकर्मीमाथि प्रहरीको दुर्व्यवहारविरुद्ध यतिखेर वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : २० बजे