Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ ।

यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

कुल ३५ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १२ : ४० बजे