Logo

मुख्य समाचार

राप्रपा नेपालद्वारा समान विचार भएका दल सहकार्य वार्ता कमिटी गठन



काठमाडौँ । राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ । सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो ।

उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन् ।

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, सङ्घसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रूप दिन यो कमिटीले काम गर्नेछ ।

निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक सङ्घ–संस्थासँग तुरुन्तै संवाद सुरु हुने गरी तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौँमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक ‘राप्रपा नेपाललाई फेरी उठाउँछौ’ भन्ने सङ्कल्पका साथ सम्पन्न भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : १९ बजे