Logo

मुख्य समाचार

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्।

प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०९ जना सहभागी थिए। मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १०५ मत आएको छ।

नेपाल मजदुर किसान पार्टीका सांसदबाहेक अरू दलका सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्। बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन्। मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ।

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ५ : ०६ बजे