Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : ३६ बजे