Logo

मुख्य समाचार

२५ माघमा राष्ट्रिय सभाको निर्वाचन



काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचनको मिति तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटका लागि आउँदो २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटका लागि निर्वाचन गर्ने सरकारले निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  २ : ५६ बजे