काठमाडौं । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले सार्वभौम संसद केही नेताको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न सक्ने अवस्था नरहेको बताए ।
नेता भण्डारीले भने, ‘जनताले चुनेर पठाएका प्रतिनिधिले स्वतन्त्र, निष्पक्ष र जनताको पक्षमा चाहेर पनि गर्न सक्ने अवस्था छैन । सार्वभौम संसद केही नेताको कब्जामा छ ।’
उनले संसारमा सबैभन्दा बलियो र सार्वभौम संसद रहने गरेको दृष्टान्त दिँदै नेपालमा भने सार्वभौम संसद भन्दा केही नेता बलिया हुनु र उनको कब्जामा रहेको बताए ।
मुलुकमा बेथिति र भ्रष्टाचार मौलाउनुको प्रमुख कारण राज्य संयन्त्र भन्दा केही नेता र व्यक्ति बलिया रहेको बताउँदै उनले यस्तो बेथिति र वेविचार युवाहरुले टुलुटुलु हेरेर बस्ने नहुने बताए । साथै उनले बेथिति र विसंगति विरुद्ध विद्रोह गर्न सक्ने सार्मथ्य युवामा हुनुपर्ने बताए ।
नेता भण्डारीले मुलुकमा राजनीतिक परिवर्तन भएको ७ दशकमा पनि नागरिकले न्युनतम आवश्यकता स्वास्थ्य, शिक्षा, रोजगारबाट बञ्चित रहनुपर्ने अवस्था लज्जाको विषय भएको बताए ।
उनले यस्तो अर्कमन्यताबाट मुलुक सधै अघि बढन नसक्ने बताउँदै मुलुकमा व्यप्त वेथिति र भ्रष्टाचारका अन्त्यका लागि युवा पंक्तिबाट हस्तक्षेप आवश्यकता रहेको बताए । उनले राजाले ३० बर्ष राजाले शासन गर्दा नागरिकले गर्ने गरेको माग गणतन्त्र आएपछि पनि नागरिकले उही माग गर्नुपर्ने विडम्बना रहेको बताए ।
उनले मुलुकमा नेता, प्रशासक तथा योजनाविदहरु आफू सम्पन्न हुने आफू बन्ने र मुलुक जहाँको तही रहने अवस्था नेपालको बास्तविकता रहेको बताए । संविधानले प्रत्याभूत गरेको सहज स्वास्थ्य शिक्षाको पहुँच नागरिकसम्म पुग्न नसक्नु तर देशका नेता र पहुँचवाला व्यक्ति सेवा सुविधाको दुरुपयोग हुन दुखद रहेको बताए ।
उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि केही नेता मन्त्री र प्रधानमन्त्री बन्ने होडवाजीमा रहेको तर के का लागि मन्त्री, प्रधानमन्त्री बन्ने हो त्यसको जवाफ उनीहरुसँग नहुन विडम्बना रहेको बताए ।
प्रतिक्रिया