Logo

समाचार

धादिङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु



धादिङ । धादिङमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

शनिबार राति सवा ८ बजे ज्वालामुखी गाउँपालिका–४ टारीमा ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जीप दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए ।

उनका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : २० बजे