Logo

समाचार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


२४ कार्तिक २०७९, बिहिबार  

736
Shares

काठमाडौं । काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसुन्धरामा बुधबार ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

पोखराका बेलबहादुर रानामगर र कल्पना रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएकामा ज्यान गएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार  ट्रक चालक चितवनका राम हमाल पक्राउ परेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : ५१ बजे