काठमाडौं । टोटनहममाथि २–१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको आठौं स्थानमा उक्लिएको छ ।
जारी सिजन लिगमा खराब प्रदर्शन गरेको लिभरपुल आइतबार भने उत्कृष्ट लयमा देखियो ।
११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।
७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन ।
लिभरपुल १३ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । जुन चौथो स्थानको टोटनहमभन्दा ७ अंक कम हो ।
आइतबार नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३-१ को सहज जित निकालेको छ ।
प्रतिक्रिया