Logo

Breaking News 1

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : गरिबका लागि रासन कार्ड


१७ कार्तिक २०७९, बिहिबार  

230
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गरिब जनताका लागि रासन कार्डको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

आसन्न निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा सो पार्टीले गरिब नागरिकका लागि रासन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक घोषणापत्रलाई वाचापत्र भनेको सो पार्टीले उल्लेख गरेको छ, ‘गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पुर्‍याउन ‘रासन कार्ड’को व्यवस्था गरिनेछ । न्यून आय भएका परिवारलाई सहयोग पुर्‍याउन सरकारद्वारा हरेक वडामा खाद्य केन्द्रहरु सञ्चालन गरिनेछ ।’

 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ३ : २९ बजे