काठमाडौं । इंग्लिस क्लब चेल्सी र सिरी ए क्लब एसि मिलान युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह ‘इ’ बाट प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । चेल्सी समूह विजेता बन्यो भने मिलान उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाए ।
यस समूहबाट चेल्सीले १३ अंक जोड्दा मिलानले १० अंक जोड्यो । आरबी साल्जबर्ग र डिनामो भने क्रमश: ६ र चार अंक जोड्दै समूह चरणबाट माथि बढ्न सकेनन् ।
बुधबार राति भएको खेलमा चेल्सीले पुनरागमन गर्दै डिनामोलाई २–१ अन्तरले पराजित गर्यो । चेल्सीको जितमा रहिम स्टर्लिङ र डेनिस जाकारियाले समान एक गोल गरे । यस अघि खेलको सातौं मिनेटमा डिनामोका ब्रुनो पेटकोभिकले अग्रता दिलाएका थिए ।
अर्को खेलमा मिलानले साल्जबर्गलाई ४–० अन्तरले पराजित गर्यो । मिलानको जितमा ओलिभियर जिरोडले दुई गोल गरे । यसैगरि राड क्रुनिक र जुनियर मेसिअसले एक–एक गोल थपे ।
प्रतिक्रिया