Logo

खेलकुद

नेपाल र भुटान भिड्दै


१७ कार्तिक २०७९, बिहिबार  

690
Shares

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० अन्तरले पराजित गरेको थियो ।

डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।

नेपाली टोली:
गोलकिपर: राधिका ओली, सुजता तामाङ, रुपा धिमाल
रक्षक: सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही, रेणु लिम्बु, डोल्मा लामा
मिडफिल्डर: सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
स्ट्राइकर: दिपा रोकाया (कप्तान), समिक्षा मगर, वर्षा ओली, सेनु परियार

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : ४८ बजे