Logo

अर्थ

सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रिमा


१६ कार्तिक २०७९, बुधबार  

0
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीले ५१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १ : १३ बजे