Logo

Breaking News 1

सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ


१४ कार्तिक २०७९, सोमबार  

253
Shares

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको छ ।

३ मंसिरसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब चार करोड मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको र सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको आयोगले जनाएको छ । आयोगका अनुसार अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।

छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाको मतपत्र छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ३ : ४३ बजे