काठमाडौं । स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ ।
स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति बार्सिलोनाले इन्जुरी समयमा गरेको गोलमा महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।
जितपछि बार्सिलोना १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । समान अंकको रियल मड्रिड दोस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा छ ।
प्रतिक्रिया