Logo

समाचार

शहिद मेमोरियल युवा क्लब परिवर्तन–४ रोल्पाको पाँचौ साधारण सभा सम्पन्न



रोल्पा । शहिद मेमोरियल युवा क्लब परिवर्तन गा पा–४ पाछाबाङ रोल्पाले ‘हटाऔं विकृति, बचाऔ संस्कृति’ भन्ने मुल नाराका साथ आफ्नो पाचौं साधारण सभा सम्पन्न गरेको छ । क्लबले हरेक वर्षको तिहारमा मयुर नाच प्रस्तुति कार्यक्रम समापन गरे लगतै साधारण सभाको आयोजना स्थापनाकाल देखि नै निरन्तर गर्दै आएको छ । दिउँसो २ बजे देखि सुरु भएको क्लबको साधारण सभामा क्लबका कोषाध्यक्ष प्रेम कुमार बुढाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए, भने सह–कोषाध्यक्ष उमेश बुढाले जिन्सी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्लबका अध्यक्ष जयकुमार बुढाको अध्यक्षतामा सुरु भएको साधारण सभा कार्यक्रमको सञ्चालन कोषाध्यक्ष प्रेम कुमार बुढाले गरेका थिए । साधारण सभाले २३ सदस्यीय कार्यसमिति समिति गठन गरेको छ । खेलकुद समिति र मयुर नाच समिति गरी दुई वटा उपसमिति पनि गठन गरेको छ ।

कार्यसमितिको अध्यक्षमा जय कुमार बुढा, उपाध्यक्षमा निर्मल बुढा मगर र उमेश बुढा मगर, सचीवमा कमल प्रकाश बुढा, सह–सचीवमा हिमानी पुन, कोषाध्यक्ष प्रेम कुमार बुढा, सह–कोषाध्यक्ष खगेन्द्र बुढा मगर र सदस्य हरुमा अमर बुढा, तेजेन्द्र बुढा, विशाल बुढा, शङ्कर बुढा, राजिव बुढा, भुपेन्द्र डाँगी, खिम प्रसाद घर्ती, विशाल बुढा मगर, काजल सुनार, नर बहादुर परियार, किसान घर्ती, दिल कुमारी घर्ती, ओम कुमारी बुढा, खडक बुढा र गणेश घर्ती रहेका छन् ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ०० बजे