Logo

मौसम

आजको मौसम : प्रदेश १ र गण्डकीमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : १५ बजे