रोल्पा । यतिबेला नेपालहरुको दोस्रो महान चार्डपर्व तिहार भित्रीए सँगै गाउँमा तिहारको रौनक सुरु भएको छ । अहिले अधिकांश गाउँमा देउसी भैलो खेल्ने गरेको पाइन्छ । तिहारको अवसरमा भैलो, पैसारु, मयुर तथा श्रंगारु नाच्ने प्रचलन रहेको छ । गाउँको तुलनामा भन्दा सहरमा केही दिन ढिलो देउसी भैलो सुरु हुने गर्दछ । तर गाउँमा भने तिहारको काँग तिहार देखि भाईटीकाको भोलिपल्ट सम्म जारी रहन्छ ।
अहिलेको देउसी भैलोमा मौलिकता नभिटिने गरेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । पहिलो भैलोमा आफैं लेखेर भटाउने गर्दथ्ये।अहिलेको भैलोमा त कलाकारहरुले भटाएको बजाउने र कलाकारको गीतमा नाच्ने गरेको परिवर्तन गाउँपालिकाका बर्ष ८४ का जेष्ठ नागरिक माकु चन्दको भनाइ रहेको छ ।
‘हाम्रो उमेरमा हामीले आफैं लेखेर भट्याउँथियौँ र मादल, झ्याली तथा बाँसुरीको धुनमा देउसी भैलो खेल्थियौँ ।’ चन्द भन्छन् ‘तर अहिले त्यो छैन साउन बक्समा कलाकारको बजाएर खेलेको देख्छु, सुन्छु ।’ समय परिवर्तन भएसँगै देउसी भैलोमा पनि परिवर्तन आएको हो कि भन्न सकिन्छ । अहिलेको देउसी भैलोमा मौलिकता नभएको र नभिटिने गरेको जानकारहरु बताउँछ । पहिले देखासिखी हुदैनथ्यो अहिलेको देउसी भैलोमा देखासिखीको कारण मौलिकता हराउँदै गएको मान्न सकिन्छ ।
प्रतिक्रिया