काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ०२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया