काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।
बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ ।
उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन् ।
तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन् ।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ ।
प्रतिक्रिया