Logo

अर्थ

आज नेसनल हाइड्रोपावरको विशेष साधारण सभा बस्दै


१० भाद्र २०७९, शुक्रबार  

207
Shares

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको आज विशेष साधारण सभा बस्दैछ । गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेअनुसार आज विशेष साधारण सभा बस्न लागेको हो ।

सभा काठमाडौंको बालुवाटारस्थित डेलिश ओपेरा रेस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्ति पश्चात कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।

सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरिसकेको छ । भदौ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ४९ बजे