काठमाडौं । काठमाडौं क्षेत्र नं ६ मा स्वतन्त्रबाट ईन्जिनियर दिपु उप्रेतीले उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा ईन्जिनियर उप्रेतीले प्रतिनिधिसभा सदस्यकोलागि उम्मेदवारी दिने भएका हुन् ।
चुनावको मिति तोकिए संगै दल वा स्वतन्त्रको तर्फबाट उम्मेदवारी घोषणा गर्न थालिएको छ ।
यस पटकको चुनावमा दललाई हम्मेहम्मे पर्ने गरी स्वतन्त्रबाट उम्मेदवारी लहर चलेको छ । यसै बिच काठमाडौं ६ नम्बर क्षेत्रबाट आफूले स्वतन्त्र उमेदवार घोषणा गर्ने तयारीमा रहेको तार्केश्वोर नगरपालिकाका युवा ईन्जिनियर दिपु उप्रेतीले बताएका छन् । उनी पेसाले ईन्जिनियर हुन् । समग्र काठमाडौंको भूगोललाई राम्रो संग अध्ययन गरिरहेका छन् ।
‘क्षेत्र नम्बर ६ ले धेरै नेता जन्मायो, धेरै मन्त्री पायो त्यो पनि पटक पटक तर खै किन र के ले रोक्यो विकाश ?’ उप्रेतीले भने । विकाशको खाकाँ बोकेर स्वतन्त्र रुपमा समग्र विकाश गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएको उनी बताउछन् । विभिन्न दलका शिर्ष नेता रहेको स्थान भए पनि तार्केश्वोरका जनता आज सम्म पनि सडककै कारण पछि पर्नु र्दुभाग्य भएको ईन्जिनियर उप्रेती भनाई छ । ‘नेताहरुको क्षमताले भ्याय सम्मको विकाश त गरे तर अबको विकाश पुरानै शैली र योजनामा गरेर सम्भव छैन् ।’ ईन्जिनियर उप्रेतीले भने, ‘विकाशमा नयाँ प्रविधि, नयाँ सोच भित्र्याउनु जरुरी छ । त्यसका लागि सर्वप्रथम अब जनताले नेतृत्व परिवर्त गर्न आवश्यक छ । पार्टीका उम्मेदवार जिताएर सोहि पार्टीका नेता कार्यकर्ताको मात्र विकाश भयो तर जिल्ला र क्षेत्रमो अवस्था ज्यूँका त्यूँ छन ।’
अवको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनुपर्ने जनताको माग र जनताको विकाश नयाँ ढंगबाट गर्ने खाकाँ सहित आफू चुनावी मैदानमा उत्रिएको उप्रेतीको दावी छ । ‘तार्केश्वोर विकाश नहुनु नै विकाशका नयाँ रुपरेखा नकोरिनु हो ।’ उप्रेती भन्छन्, ‘आजको मुख्य समस्या नै केन्द्रका प्रतिनिधि र स्थानिय तहको प्रतिनिधि बिच समन्वय नहुनु हो । वर्षमा एक पटक बजेट हाल्दैमा ठूलो बिकासको काम गरे भन्ने भ्रम हाम्रा नेताहरुमा छ ।’ अब त्यस्तो भ्रमलाई र्चिदै स्थानिय पालिका संगको समन्वयमा विकाश गर्ने लक्ष्य रहेको उप्रेतीले बताए ।
पार्टीका कार्यकर्तामुखि बजेट र योजनाका कारण तार्केश्वोर आजसम्म पनि विकाशमा पछि परिरहेको उनको भनाई छ । समृद्धि र दिगो विकाशका लागि आफूले आगामी निर्वाचमा संघीय क्षेत्र नै रोजेको उनले बताए । छिट्टै नै आफ्ना एजेण्टाका साथ छेत्र नम्बर ६ का बासिन्दा सामु पुग्ने उनले बताए ।
प्रतिक्रिया