Logo

मुख्य समाचार

नेकपा एमालेको चुनाव केन्द्रित बैठक आजवाट सुरु



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरु आजवाट सुरु हुने भएको छ ।

मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ ।

आज विहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ०२ बजे