Logo

मुख्य समाचार

आज मुलुकभर वर्षाको सम्भावना



काठमाडौं । आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनीका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ७ : २६ बजे