Logo

मुख्य समाचार

आजको मौसम : मध्यम वर्षाको सम्भावना


२७ श्रावण २०७९, शुक्रबार  

943
Shares

काठमाडौं । आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ । शनिबार प्रदेश १ र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ७ : ०८ बजे