काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले नेकपा एमाले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरालाई जोगाउन खोजिरहेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन् । गजुरेलले प्रतिपक्षी दल एमालेलाई सत्य के हो भन्नेमा केन्द्रित हुन पनि सुझाव दिए ।
उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दलले पारित गराउन नखोजेको बताए ।
जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको उनले बताए ।
प्रतिक्रिया