Logo

मुख्य समाचार

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध


२० श्रावण २०७९, शुक्रबार  

552
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ । ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।

यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।

बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : १३ बजे