Logo

Breaking News 1

स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव गरेका हुन् ।

यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने प्रचण्डले बताए ।

यसैबीच, दाहालले आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई एक हप्ताभित्र आफ्नो मन्त्रालयको प्रगति विवरण पनि बुझाउन निर्देशन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ३२ बजे