काठमाडौं । गत जेठ १३ गते शुक्रबारबाट देशभरि प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र कबड्डी-४ की नायिका मेरुना मगरले हिजो सार्वजनिक स्थलमा एक बौद्ध भिक्षुलाई आफ्नो समवेदनशील अंगमा छोएको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइ्न।
उनलाई प्रहरीमा बुझाएसँगै विवाद चर्किएको छ ।मुगु घर भएका बौद्ध भिक्षु अर्थात फूर्वा तामाङ विगत १८ वर्षदेखि फर्पिङको एक गुम्बामा बौद्ध दर्शनको अध्ययन गरि हाल श्रामणेर भएको र कलाकार दयाहाङ राई आफ्नो मनपर्ने कलाकार भएकोले छुट्टि दिन फिल्म हेर्न आएको बताए ।
बाहिर निस्किदा हिरोईनसंग सबैले फोटो खिचेको देखेपछि आफुले पनि सेल्फी खिच्न लाग्दा पहिलोपटक फोटो हल्लिएर राम्रो नआएको र दोस्रो पटक मेडम अलिकति यता आउनुस न भनेर मोबाइल मिलाउदै गर्दा पछाडिबाट धक्का लागेर नायिका मेरुना मगरको शरिरमा छुन पुगेको प्रहरीमा लामाले बयान दिएका छन् ।
त्यसपछि नायिका मेरुना मगरले गाली गरेर थप्पड हाने पछि आफुलाई कहिल्यै यस्तो घट्ना नपरेको कारण भिड देखेपछि केही हुने हो कि भन्ने डरले बोल्न नसकेको, श्वास रोकेको र अन्तिममा सार्वजनिक रुपमा माफी मागेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा लामा रिहा भइसकेका छन् ।
प्रतिक्रिया