काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।
हमालले सोमबार बिहान मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुबाट पद तथा गोपनियताको सपथ लिएसँगै पदभाग ग्रहण गरेका हुन् । उनले साईत जुराएर ११ बजेर १५ मिनेटमा पदभार ग्रहण गरेका हुन ।
सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल १२ हजारभन्दा बढी मत अन्तरले विजयी भएका थिए।
पदभार ग्रहण गर्दै हमालले धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया