काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ ।
सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा अन्ययनरत कक्षा ९ का छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याल पक्राउ परेका हुन् ।
शिक्षकहरुविरुद्व उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया