Logo

मुख्य समाचार

मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित



काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् । माओवादी केन्द्रको वर्चस्व रहने रुकुम पश्चिममा यसपटक भने कांग्रेस–एमाले मिलेर माओवादीबाट मुसिकोटको नेतृत्व खोसेका हुन् ।

कांग्रेसका केसीले एमालेको साथमा माओवादीका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका छन् । उनले ६९१४ मत ल्याए भने माओवादीका शर्माले ६९०१ मत पाएका छन् ।

यस्तै, उपमेयरमा भने माओवादीको सहयोगमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन् । उनले ६१४० मत ल्याएर विजयी हुँदा एमालेका थलबहादुर ओलीले ५९८५ मत ल्याए ।

यो नगरपालिकामा ८ वडाध्यक्ष माओवादीले जितेको छ भने ६ वटा नेपाली कांग्रेसले जितेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ५४ बजे