Logo

Breaking News 1

भरतपुर महानगरः ५९ मतले रेनु दाहालको अग्रता



चितवन । चितवनको भरतपुर महानगरपालिकाको १७८४६ मत मतगणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५९४७ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५८८८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत पाएका छन् ।
पछिल्लो मत परिणामअनुसार गठबन्धनअन्तर्गतको नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल नेकपा एमालेका उम्मेवार भन्दा ५९ मतले अगाडी छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४८२२ मत परेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : २७ बजे