Logo

मुख्य समाचार

अर्थमन्त्री जनार्दन शर्माकै वडामा माओवादी पराजित, कांग्रेसका मल्ल विजयी



काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका समिरजंग मल्ल विजयी भएका छन् ।

माओवादीको गढ मानिने सो वडामा माओवादीकै सुशील गौतम पराजित भएका हुन् ।

२०७४ सालमा यो वडामा गौतमले नै जितेका थिए। फेरि उनी वडाध्यक्षमा उठे पनि पराजित भएका हुन् ।

सो वडा नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडा हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  २ : १८ बजे