Logo

Breaking News 1

प्रधानमन्त्री देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सेन्टरको निर्माणपछि दुई देशबीचको सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदी विहान भारतीय वायु सेवाको हेलिकप्टरमा लुम्बिनी आएका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत स्वागत गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन आएका हुन् ।

माेदी आजै साँझ भारत साँझ फर्किएका छन् । ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १ : १८ बजे