Logo

मुख्य समाचार

एमालेको विजय जुलुसमा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु



काठमाडौं । दार्चुलामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६ ग्यानीमा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेकपा एमालेको विजय जुलुसमा जाँदै गरेको से १ ज २७७ नम्बरको माइक्रो बस दुर्घटना भएको हो । बस सडकबाट करिब ५० मिटर तल खसेको हो ।

अन्य व्यक्तिहरु पनि घाइते भएको जानकारी प्रहरीले दिएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।

थप विवतरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ५९ बजे