Logo

मुख्य समाचार

विराटनगरमा नागेश कोइराला र शिल्पा कार्की फराकिलो मतले अगाडी



विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपप्रमुख पदमा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता फराकिलो बनाएका छन् ।

प्रमुखमा नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग १ हजार २१६ मत अन्तरले अग्रता बनाएका हुन् । उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग १ हजार ३३८ मतले अग्रता बनाएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार प्रमुखका उम्मेदवार कोइरालाले ४ हजार ५३१ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले ३ हजार ३१५ मत प्राप्त गरेका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ३६९ मत पाएका छन् । राप्रपा उम्मेदवार प्रह्लाद साहले ७६६ मत प्राप्त गरेका छन् । लोसपा उम्मेदवार मृत्युन्जय कुमार मिश्रले ८३ मत प्राप्त गरेका छन् । जनमत पार्टीका उम्मेदवार अरुण मण्डलले ६२ मत पाएका छन् ।

उपप्रमुख पदमा शिल्पा कार्कीले ३ हजार ७६३ मत प्राप्त गरेकी छन् । जसपाबाट उपमेयरको उम्मेदवार अमरेन्द्र यादवले २ हजार ४२५ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिना न्यौपानेले ७६६ मत प्राप्त गरेकी छन् । राप्रपा उम्मेदवार विन्दा आचार्यले ९५४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : ०७ बजे