Logo

मुख्य समाचार

काठमाडौं मेयर उम्मेदवार स्थापितले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् ।

शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ५६ बजे