Logo

मुख्य समाचार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदो मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् ।

चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ३९ बजे