Logo

विश्व

नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न, विभिन्न विषयमा सहमति



नयाँ दिल्ली । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बैठक बसेको हो।

बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। प्रधानमन्त्री शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा आयोजित बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा विचारविमर्श भएको जनाइएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री शाहले गरेका थिए। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।

त्यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय डा. पी. के. मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए।

बैठकमा विभिन्न विषयमा सहमति जुटेको जनाइएको छ। यद्यपि, सहमति भएका विषय तथा तिनको कार्यान्वयनसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ८ मंसिर २०८३, सोमबार  १ : ३६ बजे