Logo

मुख्य समाचार

आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


२० कार्तिक २०८३, बिहिबार  

0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। 

आज राति कोशी,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्ने र देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  ७ : ०१ बजे