Logo

कर्पोरेट

रसुवा बाढीपीडितका लागि प्रभु बैंकले टेन्ट र स्लिपिङ ब्याग उपलब्ध गरायो



नुवाकोट। प्रभु बैंक लिमिटेडले रसुवामा बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको छ।

भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीका कारण घरबारविहीन तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत पीडितलाई वितरण गर्ने गरी हस्तान्तरण गरेको हो।

बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन्।

यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो।

बाढीका कारण भएको जनधनको क्षतिप्रति बैंकले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १ : ३९ बजे