Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ।

वृष
केही अवसर देखिए पनि मनोरञ्जनमा अलमलिँदा काम रोकिनेछ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताले कमजोरी अनुभूति हुनेछ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला।

मिथुन
अरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।

कर्कट
बिहानको समय फलदायी रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। काम बन्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि दौडधुप गर्नुपर्ला।

सिंह
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व समेत बढ्नेछ।

कन्या
समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

तुला
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

बृश्चिक
रमाइलो यात्रा गर्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विशेष काममा बिहानको समय अनुकूल रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला।

धनु
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

मकर
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।

कुम्भ
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।

मीन
काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ६ : ०० बजे