एजेन्सी । विश्वव्यापी प्रविधि कम्पनी लेनोभोले फिफा विश्वकप २०२६ मा अत्याधुनिक एआई संचालनमा ल्याएको छ । फ्लोरिडाको मियामीमा रहेको लेनेभो भवनमा फिफाको प्राविधिक कमाण्ड र प्रतियोगिता सञ्चालन केन्द्रले उत्तर अमेरिकाभरि ६०० भन्दा बढी आधिकारिक साइटहरूबाट डेटा समन्वय गरिरहेको छ ।
जसले सामाजिक सञ्जाल फिडहरू र मौसम पूर्वानुमानसम्म सबै कुरा ट्र्याक गरिरहेका छन् । उक्त प्रयासलाई समन्वय गर्न, फिफाले इन्टेलिजेन्ट कमाण्ड सेन्टर पनि निर्माण गरेको छ ।
प्रतियोगिताको कभरेज बढाउन कृत्रिम बुद्धिमत्ता समावेश गर्दै चिनियाँ र अन्तर्राष्ट्रिय प्राविधिक कम्पनी लेनोभोसँग साझेदारी गरेको हो ।
लेनोभोले विकास गरेको एआई प्रविधिले रेफ्रीको शरीरको क्यामेरा शटहरू स्थिर गर्न आवश्यक ठानेको छ । जसका कारण समर्थकरूले रेफ्रीहरूले के हेरिरहेका छन् भनेर स्पष्ट रूपमा देख्न सक्छन् ।
एआईले भिडियो सहायक रेफ्री वा भीएआरलाई अझ संक्षिप्त कल गर्न पनि मद्दत गरिरहेको छ । परम्परागत तस्बिरहरू प्रयोग गर्नुको सट्टा, लेनोभोले खेलाडीहरूको थ्रीडी अवतारहरू विकास गर्न एआई मोडेल निर्माण गरेको छ ।
स्पोट्र्स भर्टिकल, लेनोभोका निर्देशक सान्टियागो मान्सोका अनुसार यो प्रविधिले १२ सय खेलाडीहरुलाई स्क्यान गरिरहेको र सबै प्रकारका आकारहरु देख्ने सुविधको विकास गरेको छ ।
खेलका साना विवरणहरुलाई ठूलो फरक पार्न सक्ने अनुमान गरिएको छ । किनकि फिफाले भिडियो सहायक रेफ्रीलाई अर्ध स्वचालित अफसाइड अलर्ट प्रस्तुत गर्दछ । यसले मानव रेफ्रीलाई सहयोग पुग्नेछ । कल पुष्टि गर्न आवश्यक सहायकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
विगतमा सुविधाविहीन मानवोइड अवतारहरूले सबै खेलाडीहरूको प्रतिनिधित्व मात्र गर्ने र आज डिजिटल ट्विन प्रविधिको सहायताले सही अंग, लम्बाइ र शरीरको आयामहरू मापन गर्न सक्ने क्षमता राख्दछ ।
उक्त एआइ प्रविधिले खेलाडीहरूको स्क्यानिङ, खेलाडीहरूको वास्तविक रूपरेखा र वास्तविकता पत्ता लगाउनेछ । फिफा र लेनोभोले फुटबल एआई प्रो पनि प्रस्तुत गर्दैछन्, जसले खेल मैदानलाई शाब्दिक रूपमा समान बनाउन प्रयास गर्नेछ ।
विश्वभरका लाखौं फ्यानहरूले आफ्ना मनपर्ने टोलीहरूको जयजयकार गरिरहेका बेला, उन्नत एआई प्रविधिले खेललाई पहिलेभन्दा बढी निष्पक्ष र प्रतिस्पर्धी बनाउन पर्दा पछाडि कडा परिश्रम गरिरहेको स्पष्ट भएको छ । (सीसीटीभीप्लस)








प्रतिक्रिया