Logo

खेलकुद

फिफा विश्वकप : चेकियाविरूद्धको खेलमा दक्षिण कोरियाकाे जित


२९ जेष्ठ २०८३, शुक्रबार  

115
Shares

काठमाडौं । फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियाविरूद्धको खेलमा जित निकालेको छ । चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो । खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन् ।

दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

८० औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको अग्रता बढाए । जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ । 

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १० : १३ बजे