काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ । कुशल भुर्तेलको सानदार शतकमा नेपालले अमेरिकालाई हराएको हो । जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको हो ।
नेपालको जितमा कुशलको शतकमा आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो । ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे ।
२६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे । आशिफ ७२ बल खेल्दै ५८ रन बनाएर आउट भए । यो क्रममा आशिफले एक दिवसीय क्रिकेटमा आशिफले १५ औं अर्धशतक पनि पुरा गरे । आशिफ एक दिवसीय क्रिकेटमा नेपालको लागि सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।
क्रिजमा जमेका कुशलले एक दिवसिय क्रिकेट करियरमा कै सर्वाधिक रन समेत बनाए । उनी अविजित १ सय २० रनमा रहँदै नेपाललाई सहज जित दिलाउन सफल रहे । यसअघि उनले नामिबिया विरुद्ध १ सय १५ रन बनाएका थिए । आज १ सय ४ बल खेल्दै १२ चौका र ३ छक्का सहित उनले शतक बनाए ।
त्यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रनमा समेटियो । सातौं ओभरको पहिलो बलमा अमेरिकाले पहिलो विकेट गुमायो । सायान जहाँङ्गीर ६ रनमा सोमपालको बलमा बोल्ड आउट भए । पहिलो विकेट गुमाउँदा २२ रन बनाएको थियो ।
यसपछि स्मित र सेहान जयसुर्याले दोस्रो विकेटको लागि शतकीय साझेदारी गरे। यो साझेदारीलाई दीपेन्द्रले तोडे। सेहान दीपेन्द्रको बलमा गुल्सन झाद्वारा क्याच आउट भए। उनले ५२ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाए ।
लगतै कप्तान साइतेजा मुकामुल्ला ४ रनमा सन्दीपद्वारा बोल्ड आउट भए। तेस्रो विकेट गुमाउँदा अमेरिकाले १ सय ४० रन बनाएको थियो। यसपछि नेपालले सानदार कमब्याक गर्दै निरन्तर अन्तरालमा विकेट निकाल्न सफल रह्यो ।
यसपछि पाँचौं ओभरमा ओपनर स्मित पटेलले जीवनदान पाए। १४ रनमा सोमपाल कामीको बलिङमा आशिफ शेखले क्याच ड्रप गरे। यसपछि क्रिजमा जमेका उनी सोमपालद्वारा आउट भए ।
८९ बल खेल्दै स्मित ८ चौका र ३ छक्का सहित टिमको लागि सर्वाधिक ८३ रन बनाए । लगतै शुभम रान्जने २ रनमा रन आउट हुन पुगे। १ सय ७० रनको स्थितिमा अमेरिकाले ५ विकेटको नोक्सानीमा १ सय ७० रन जोडेको थियो।२६ औं खेलमा अमेरिकाको आठौं हार हो । अमेरिका ३६ अंक सहित दोस्रो स्थानमा रहेको छ । नेपालको यो नवौं जित हो ।








प्रतिक्रिया