काठमाडौं । ग्लोबल आइएमई बैंक ले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी र युवालाई लक्षित गर्दै देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको छ।
बैंकले मार्च १६ देखि मार्च २२, २०२६ सम्म सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय र डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यक्रम “स्मार्ट मनि टक्स” भन्ने नारासहित बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन हुनेछ।
कार्यक्रमअन्तर्गत बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयमा विद्यार्थी र युवालाई जानकारी दिइने बैंकले जनाएको छ।
बैंकले वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने तयारी गरेको छ।
बैंकका अनुसार वित्तीय साक्षरता अभिवृद्धिका लागि हरेक वर्ष शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखाले यस्ता कार्यक्रम सम्पन्न गरिसकेका छन्।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। यसबाहेक बैंकले ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको रूपमा सम्मान प्राप्त गरेको छ।
१ चैत्र २०८२, आइतबार
138
Shares









प्रतिक्रिया