काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ को आजको खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुँदैछ ।
न्युजिल्याण्डका लागि भने यो खेल सेमिफाइनलको महत्वपूर्ण खेल हो । जितले न्युजिल्याण्डलाई समूह २ को विजेता बनाउने छ । तर इङ्ल्याण्डसँग हार बहोरेमा भने अर्को खेलमा श्रीलंकाविरुद्ध पाकिस्तानको हारले मात्र न्युजिल्याण्डलाई अन्तिम ४ को ढोका खुल्नेछ ।
सुपर–८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड अन्तिम खेल अगाडिनै सेमिफाइनल पुगिसकेको छ । २ पटकको विजेता इङ्ल्याण्ड अपराजित रहँदै नकआउट पुग्ने लक्ष्यमा छ ।
यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । इङ्ल्याण्ड र न्युजिल्याण्डबीच अहिलेसम्म ट्वेन्टी ट्वेन्टी ढाँचामा ३० खेल भएका छन् । इङ्ल्याण्डले १६ खेल जित्दा १० खेल न्युजिल्याण्डले जितेको छ । १ खेल बराबरी हुँदा ३ खेल नतिजाविहीन छ ।










प्रतिक्रिया