काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागलगायत अन्य बाँकी हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ । यस्तै,देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै ,आज राति तराई भागका केही स्थानमा तुँवालो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।










प्रतिक्रिया